आईपीएल : मुम्बईको पहिलो जित, दिल्लीको चौथो हार
काठमाडौं, चैत्र २९
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत मंगलवार राति भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ ।
उसले दिल्ली क्यापिटल्सलाई अन्तिम बलमा ६ विकेटले पराजित गरेको हो । मुम्बई तेस्रो खेलमा आएर पहिलो जित निकाल्न सफल भएको हो ।
दिल्लीको भने यो लगातार चौथो हार हो । जितका लागि १ सय ७३ रन पछ्याएको मुम्बईले २० ओभर उपयोग गरेर विजयी रन बटुल्यो ।
कप्तान रोहित शर्माले ४५ बलमा ६५ रन बनाएर जितको आधार तयार पारेका थिए ।
प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार