दुई करोड रुपैयाँ मागेको अडियो मेरो होइन, षडयन्त्र भयो : ढाकाकुमार श्रेष्ठ


 


काठमाडौं, चैत्र २७
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको सचिवालयले योजनाबद्ध रूपमा सांसद श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छ ।

आइतबार राति विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठको सचिवालयले आवाज सम्पादन गरेर नियोजित रूपमा श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको हो ।

‘आज मिति २०७९/१२/२६ गते एक अनलाइन मिडियाले माननीय डा. श्रेष्ठ र अर्को एक जना व्यक्तिबीच फोन संवाद गरेको र सो संवादमा बोलेका अभिव्यक्तिहरू माननीय डा। ढाका कुमार श्रेष्ठको नभएको र सो आवाज सम्पादन (इडिट) गरी नियोजित रूपमा माननीय डा. ढाका कुमार श्रेष्ठको राजनैतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अडियोमा भनेको जस्तो माननीय डा। ढाका कुमार श्रेष्ठ लाई मन्त्री बनाउने कुरो पार्टीमा नउठेको हुँदा यो योजनाबद्ध ढंगले माननीय डा. ढाका कुमार श्रेष्ठको इज्जत, मान, मर्यादालाई गिराउन केही समूहहरू हात धोएर लागेको प्रष्ट छ ।’

विज्ञप्तिमा अडियो सार्वजनिक गर्ने मिडियाविरुद्ध विद्युतीय ऐन, २०६४ अनुसार कडा भन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि भनिएको छ ।

रास्वपाका सांसद डा। ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्