ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु


 


सप्तरी, चैत्र २६
सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको बताइएको छ । ज्वाइँ महतो अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रकाशित मिति: २६ चैत्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्