सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज


 


काठमाडौं, चैत्र २६
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको फाइनल पेशी आज हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले सुरुवातमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।

तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो । यता सर्वोच्चले उनलाई विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी रहेको छ ।

निरन्तर पेशीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। पटक-पटक स्थगित हुँदै आएको पेशी आइतबार भने अन्तिम टुंगो लाग्ने बताइएको छ ।

यसअघि बुधबारका लागि केशवप्रसाद घिमीरेको इजलासमा सुनुवाइ हुने तय भए पनि दिनको अन्तिम समयमा सुनुवाइ सुरु हुन लाग्दा समय अभाव हुने भन्दै जाहेरीपक्षका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए ।

प्रकाशित मिति: २६ चैत्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्