आईपीएल : कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार
काठमाडौं, चैत्र २४
इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ ।
कोलकाताले बिहीबार घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो जित निकालेको हो । प्रतियोगितामा बेङ्लोरको भने यो पहिलो हार हो ।
इडेन गार्डेनमा कोलकाताले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोरले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।
जितसँगै दुई खेलबाट दुई अंक जोडेको कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौँ स्थानमा छ ।
प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार