प्रधानमन्त्री प्रचण्डले भने – एक-दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ


 


काठमाडौं, चैत्र २२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

आज काठमाडौंमा भएको सहकारीकर्मीको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउने दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,‘सरकारले करिब(करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ ।अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’

प्रधानमन्त्रीले चैत १७ मा मन्त्रिपरिषद बिस्तार गरे पनि पूर्णता पाएको छैन। प्रधानमन्त्री दाहालले ६ मन्त्रालय अझै आफैंसँग राखेका छन्।

उनले आज सिंहदरबारमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने पनि बताए।

प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्