रवि लामिछानेविरुद्धको रिट न्यायाधीश फुँयालको एकल इजलासमा


 


काठमाडौं, चैत्र २२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध परेको रिट न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा परेको छ ।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ‘सफल’ले रिट दिएका थिए ।

उक्त मुद्दा सुनुवाइ गर्न न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा हिजै का लागि पेसी तोकिए पनि उनको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आज न्यायाधीश फुँयालको एकल इजलासमा सरेको हो ।

सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका थिए।

प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्