रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग मुद्दामा आज प्रारम्भिक सुनुवाइ


 


काठमाडौं, चैत्र २१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ आज हुँदैछ ।

सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आजका लागि पेसी तोकिएको हो । सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो ।

लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन् ।

आइतबार दायर गरिएको रिट सर्वोच्चले अध्ययनपछि सोमबार दर्ता गरेको हो । यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चले नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो। उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्