सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?


 


काठमाडौं, चैत्र २०
नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्