सकिदैं माओवादी, उपचुनावमा मतदातामात्र
काठमाडौं, चैत्र २०
सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा मतदाता मात्रै हुने भएको छ ।
वैशाख १० मा तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ । यहाँ माओवादीका उम्मेदवार छैनन् । उसले सत्तागठबन्धनका उम्मेदवारहरुलाई सघाउने छ ।
यी क्षेत्रमा माओवादीले उम्मेदवार उठाउन खोजे पनि सत्तारुढदलहरुले नमानेपछि माओवादी मतदातामा मात्रै खुम्चिन बाध्य भएको हो ।
प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार