काठमाडौं ल्याउनुपर्ने यात्रुलाई सीता एयरले नेपालगन्ज ल्यायाे


 


काठमाडौं, चैत्र २०
नेपाल नागरिक उड्डयन प्राधिकरणले सीता एयरले दाङबाट काठमाडौं ल्याउनुपर्ने यात्रुलाई नेपालगन्ज पुर्‍याएकोबारे छानबिन गर्ने भएको छ ।

सीता एयरले गएको १५ गते दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याएको थियो । काठमाडौंका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पुर्‍याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए ।

‘सीता एयर प्रा.लि.ले मिति २०७९/१२/१५ मा दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगन्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ,’ प्राधिकरणले भनेको छ ।

नेपालगञ्ज पुर्‍याएका यात्रुलाई सीता एयरले अरू एयरलाइन्सका जहाजमार्फत त्यही दिन काठमाडौं पठाएको थियो ।

प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्