अस्ट्रेलियाबाट समीक्षा लेख्छिन् – जिन्दगीको खेललाई सजिलै नकार्न कँहा सकिन्छ र !


 


काठमाडौं, चैत्र १९
गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाबाट एउटा भावुक स्टाटस लेखेकी छन् । केही दिनअघि मात्र अस्ट्रेलिया गएकी उनले जिन्दगीको खेललाई सजिलै नकार्न कहाँ सकिन्छ र भन्दै लेखेकी हुन् ।

केही केही दिनअघि मात्र अस्ट्रेलिया उडेकी उनी त्यहाँ किन गइन् भन्ने चासो धेरैलाई छ । कतिपयले अब उनी गायन क्षेत्रबाट पलायन भएको अनुमान पनि गरिरहेकी छन् । तर यसबारे समीक्षाले अहिलेसम्म केही बताएकी छैनन् ।

आफू अस्ट्रेलिया यात्रामा रहेको र कमेरो इभेन्टस अस्ट्रेलियाद्वारा आयोजित ‘रकडेल होली मेला’ मा सहभागी हुन लागेको जानकारी दिएकी छन् ।

उनले लेखेकी छिन् ‘जिन्दगीको खेललाई सजिलै नकार्न कँहा सकिन्छ र तरपनि दुख अनि सुखलाई आत्मसात गर्दै अष्ट्रेलियाको यात्रामा छु। कमेरो ईभेन्टस अष्ट्रेलिया द्बारा आयोजित रकडेल होलि मेला २०२३ मा हजुरहरुसँगै होली मनाउनको लागि म पनि आउँदैछु अनि हजुरहरु पनि आउनु है त ।’

प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्