कपाल नढाकेको कारण इरानमा दुई महिला पक्राउ


 


एजेन्सी, चैत्र १९
इरानमा कपाल नछोपी (हिजाब नलगाई) सार्वजनिक स्थलमा आएको भन्दै दुई महिलामाथि दही छ्यापिएको छ ।

महिला माथी दही छापिएको भिडियो सार्वजनिक भए पछि सोही आधारमा हिजाब नलाएको भन्दै इरानी पुलिसले उनीहरुलाई पक्राउ गरेर मुद्धा चलाएको छ ।

महिलाहरुले कपाल नढाकी बजारमा किनमेलका लागि निस्केका कारण देखाउँदै सरकारले उनीहरुलाई पक्राउ गरेको इरानी सञ्चार माध्यमले जनाएका छन् ।

दुई महिला ग्राहक एक पुरुषसँग कुराकानी गर्न तथा किनमेल गर्न पसलमा जान्छन । त्यसको केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा एक पुरुषले छ्यापिदिन्छन् ।

जुन भिडियो अहिले भाईरल भएको छ, जुन भिडियोमा देखिएका महिलालाई नै कपाल नढाकी पसलमा गएको भन्दै प्रहरीले पक्राउ गरेको हो । साथै, सार्वजनिक स्थानमा हंगामा गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्