आईपीएल : दिल्लीलाई हराउँदै लखनउको विजयी सुरुवात


 


काठमाडौं, चैत्र १९
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ ।

घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो ।

लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

जितसँगै दुई अंक जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्