आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


 


काठमाडौं, चैत्र १९
हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ ।

जसकारण प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहने छ ।

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: १९ चैत्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्