तरूण दलमा चुनाव हुने संकेत, सिटाैला समूहले गर्याे टिम घाेषणा


 


काठमाडाैं, कार्तिक २८

शनिबारबाट पाेखरामा जारी नेपाल तरूण दलकाे महाधिवेशनमा चुनाव हुने संकेत देखिएकाे छ । यद्यपी सर्वसम्मत नेतृत्व चयनका लागि भने गृहकार्य जारी रहेकाे नेताहरूले बताएका छन् ।

नेताहरूले अाफू अनुकुलकाे उम्मेदवार अगाडी सारेपछि समस्या पैदा भएकाे बताइएकाे छ । नेविसंघ र महिला संघकाे चुनाव भएर व्यवस्थापन गर्न बाँकी धेरै नेता भएका कारण तरूण दलमा नेतृत्वका लागि धेरै अाकांक्षी देखिएपछि समस्या भएकाे हाे ।

नेविसंघ र महिला संघमा पाैडेल समूह बढारिएपछि चुनाव नगराउने पक्षमा पुगेकाे छ भने चुनावकाे पक्षमा सिटाैला पक्ष उभिएकाे छ । नेविसंघ र महिला संघमा उल्लेख्य संख्यामा जीत हात पारेकाे सिटाैला पक्षलार्इ पाैडेल पक्षले स्विकार गर्न नसक्दा समस्या पैदा भएकाे तरूण दलका एक नेताले बताए ।

पाैडेल पक्षभन्दा बढी युवाहरू सिटाैला पक्षमा रहेकाे याे पक्षकाे बुझाइ छ । त्यसैले उनिहरूले साँझ टिम घाेषणा समेत गरेका छन् । सिटाैला पक्षले अध्यक्षमा उत्तम कुमार चाँपागाइलार्इ अगाडी सारेकाे छ ।

uttam
उत्तम कुमार चापागाइ

चापागाइ तरूण दलका पूर्व सचिव समेत हुन् । अन्य पदमा भने नाम तय भइनसकेकाे बताइएकाे छ ।

संस्थापन पक्ष भने सिटाैला पक्षलार्इ चिढाउने पक्षमा नरहेकाे स्राेतकाे दाबी छ । विद्यार्थी र महिलाकाे चुनावमा सँगै रहेका यी दुर्इ समूह तरूण दलमा पनि एक हुनु पर्ने बताउँदै अाएका छन् तर पाैडेल पक्षले समस्या निम्त्याएकाे उनिहरूकाे बुझाइ छ ।

कृष्ण प्रसाद सिटाैला, गगन थापा, प्रदिप पाैडेल समेत रहेकाे याे समूहले चुनाव हुनु पर्ने अावाज बुलन्द गर्दे अाएकाे छ । अा–अाफ्नाे वर्चस्व कायम राख्न कांग्रेसका अधिकांश नेताहरू पाेखरामा छन् भने उनिहरू यतिबेला गुट–उपगुट निर्माणमा सक्रिय बनेका छन् ।

देउवाले जीतजंग बस्नेतलार्इ अघि सारेका छन् भने पाैडेल समूह उपाध्यक्ष र महामन्त्रीकाे भाग खाेजिरहेकाे पाेखरामा रहेका कांग्रेस नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्