आजदेखि काठमाडौंका यी क्षेत्रमा सवारी आवगमन प्रभावित हुनसक्ने


 


काठमाडौं, चैत्र १५
काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही क्षेत्रमा सवारी अवागमन प्रभावित हुने भएको छ ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको आजदेखि रथयात्रा सुरु हुन लागेकोमा त्यसले केही सडकमा सवारी अवागमन प्रभावित हुने महानगरले जनाएको हो ।

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।

सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ।

प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्