गच्छदारले मुख खाेले : अंगीकृत नागरिकलाई राज्यकाे प्रमुख पद हुन्न


 


bijay-gachhadarबाँके , कार्तिक २८

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगिकृत नागरिकलाई राष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायधीश र सुरक्षा निकायका प्रमुख जस्ता संवेदनशिल पदमा जाने अवसर दिन नहुने बताए।

फोरम लोकतान्त्रिक बाँकेले नेपालगन्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गच्छदारले अंगिकृत नागरिकलाई राज्यका संबेदनशिल पदमा जाने अवसर दिनु हुँदैन भन्ने माग मधेशी जनताको रहेको बताए।

संसारभर नै बंशज, जन्मका आधारमा नागरिकता प्राप्त गरेका र अंगिकृत नागरिकहरुका बिचमा केही फरक ब्यवस्था हुने गरेको दाबी गर्दै अध्यक्ष गच्छदारले नेपालमा पनि त्यस्तो फरक ब्यवस्था कायम हुने गरि नयाँ संविधानमा गरिएको ब्यवस्था उपयुक्त भएको दाबी गरे।

नयाँ संविधानले नागरिकताका सम्बन्धमा गरेको ब्यवस्था पर्याप्त रहेको र सबै नेपाली नागरिकले सहज रुपमा नागरिकता पाईरहेको बताउँदै नागरिकता वितरणका लागि टोली खटाउनुपर्ने अवस्था नभए पनि सत्तारुढ दलले राजनीतिक प्रोपोगान्डाका लागि नागरिकता टोली खटाउन लागेको बताए।

आवश्यकता नै नभएकाले नागरिकता टोली खटाएर सरकारले राज्यको ब्ययभार समेत बढाउन खोजेको अध्यक्ष गच्छदारले दाबी गरे।

संचारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष गच्छदारले संघीयता सम्बन्धी विवादको हल नगरी गरिन लागेको संबिधानको संशोधनले पनि मुलुकका समस्या समाधान गर्न नसक्ने बताए।

संविधान संशोधनका सम्बन्धमा सरकारले अझै पनि ठोस प्रस्ताव ल्याउन र प्रमुख बिपक्षी दल एमाले फोरम लोकतान्त्रिकसँग समेत औपचारिक रुपमा बार्ता गरी सहमती बनाउन नसकेको बताए।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्