सरकारमा सहभागिता र उपनिर्वाचनबारे निर्णय लिन लोसपाको बैठक बस्दै


 


काठमाडौं, चैत्र ९
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । सरकारमा सहभागिता र वैशाख १० मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार आज बस्ने बैठकमा उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तार लगायतका विषयमा छलफल हुनेछ।

बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवारी दिने तयारी गरिरहेको छ।

यहाँ उम्मेदवार हुन पार्टीबाट नवलकिशोर सिंहलगायतको चर्चा छ। तर सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गर्न सहमति बनेमा पार्टीबाट उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुनेछ।

लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सत्ता गठबन्धनमा सहभागी छ।

प्रकाशित मिति: ९ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्