सरकार विस्तारमा जुट्दै सत्ता गठबन्धन
काठमाडौं, चैत्र ७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेपछि आजदेखि सरकारलाई पूर्णता दिन गठबन्धन दलहरुबीच छलफलको प्रक्रियामा जुट्ने भएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।
उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।
प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलबार