पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौं, चैत्र ६
सरकारले नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको हो ।
प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो ।
जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो । एआईजीमा बढुवा सिफारिस भएका पाँचमध्येबाटै ११ चैतपछि नेपाल प्रहरीको आईजीपी बन्नेछन् ।
प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार