आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा


 


काठमाडौं, चैत्र ६
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव छ । जसकारण काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा केही दिनदेखि वर्षा र उच्च हिमाली भेगमा हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराईका भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्