कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा


 


धनगढी, फागुन ३०
कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा रहेको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो ।

पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।

यस अघि चैत १ गते विदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते विदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् ।

प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्