१० रुपैयाँ दिएर चार वर्षीया नाबालिकामाथि बलात्कार


 


दाङ, फागुन २९
दाङमा ४ वर्षीया नाबालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्