दाङमा एक महिलामाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ


 


दाङ, फागुन २९
दाङको घोराहीमा एक महिलालाई जबर्जस्ती सामूहिक करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगर १७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् । गएको शुक्रबार राति घोराही १७ मा उनीहरुले २९ वर्षीय एक महिलालाई सामूहिक बलात्कार गरेका आरोप छ।

घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए ।

पीडितले घटनाबारे फागुन २७ गते दिएको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्