आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना


 


काठमाडौं, फागुन २९
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

देशको पहाडी भू-भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्