उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज


 


काठमाडौं, फागुन २८
उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।

उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी निर्वाचन आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरेका थिए ।

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी दर्ता भएको छ । एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छिन् । उपराष्ट्रपचि चयनका लागि चैत ३ गते मतदान हुनेछ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्