आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल, आजै शितल निवास छाड्ने


 


काठमाडौं, फागुन २८
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । उनी २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित भएकी थिइन्।

पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारी गरेकी छन् ।

उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन् । नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन् । शितल निवासबाट भण्डारी बाहिरिएसँगै नयाँ राष्ट्रपतिको प्रवेश हनेछ ।

गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्