सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय


 


काठमाडौं, फागुन २५
सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक बिहीबार प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा द्वन्दकालिन मुद्धा दर्ता भएलगत्तै सरकारले संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

यसैगरी, खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्