प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथि आज प्रारम्भिक सुनुवाइ


 


काठमाडौं, फागुन २५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा उनीविरुद्ध रिट दायर भएको हो । एक न्यायाधीशको इजलासमा पहिलो पेसी तोकिन्छ ।

अदालतमा न्यायाधीशहरुले गोलाप्रथामार्फत मुद्दा छान्ने हुँदा कसको इजलासमा मुद्दाको सुनुवाइ हुन्छ भन्ने बिहान साढे १० बजे पछि जानकारी हुनेछ ।

सोमबार प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई भिन्न रिट दायर गरेका थिए । निवेदकहरुले प्रचण्डद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उनीविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्