ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


 


ओखलढुंगा, फागुन २१
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटनाका घाइतेहरुको उद्धार कार्य जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी दुर्घटनाका घाइतेहरूलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न निर्देशन दिएपछि नेपाली सेनाले उद्धार कार्य अगाडि बढाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुबारे विस्तृत विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्