काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का


 


काभ्रे, फागुन २१
काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ ।

बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्