सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, फागुन १९
नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्