उपभोक्ताको भान्सामा विषादीको भारी


 


काठमाडौं, फागुन १९
आम उपभोक्ताको जीवनमाथि गम्भीर खेलबाड हुने गरी तरकारीमा विषादी प्रयोग भएको फेला पारेको छ ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा केहीमा ९९ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्र यो प्रयोगशाला छ ।

विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने हरियो सागदेखि गोलेभेंडा, काउलीलगायत अधिकांश तरकारी परीक्षण गर्दा विषादीका अवशेष पाइएको हो ।

सरकारको मापदण्डअनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखियो भने त्यसलाई उपभोग गर्न मिल्छ । यसैगरी, ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिन राखेर उपभोग गर्न सकिन्छ । तर, ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखियो भने खान नहुने अर्थात फाल्नु पर्ने मापदण्ड कायम छ । कारोबार दैनिकबाट

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्