सन्दीप र्युएइ जान पाउँलान् ? आज हुँदैछ सुनुवाइ
काठमाडौं, फागुन १४
सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदन र सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने दुवै रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
यसअघि अदालतले सन्दीपलाई र्युएइमा खेल्न जाने अनुमति दिन अस्वीकार गरेको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो ।
नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।
तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।
उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौंबाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने शर्त राखेको थियो । उच्चको विदेश जान नपाउने शर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् ।
प्रकाशित मिति: १४ फाल्गुन २०७९, आइतबार