एमालेको सचिवालय निर्णय : सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार
काठमाडौं, फागुन १३
नेकपा (एमाले) ले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेम्वाङले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।
प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार