कांग्रेस निर्णय : रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार
काठमाडौं, फागुन १३
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले पौडेललाई सर्वसम्मत ढंगबाट निर्णय गरिएको जानकारी दिए ।
पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् । ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो ।
प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार