कुन-कुन ठाउँमा खुल्यो जग्गाको कित्ताकाट ? हेर्नुहोस् सूची
काठमाडौं, फागुन १२
स्थानीय पालिकाहरुमा जग्गाको वर्गिकरण सकिएर कित्ताकाट खुलेको छ । कुन कुन पालिकामा वर्गीकरण सकिएर कित्ताकाट खुल्यो ? हेर्नुहोु् सूची
प्रदेश १ः
ताप्लेजुङ- यो जिल्लाका सबै पालिकाले कृषि र गैरकृषिमा वर्गीकरण गरिसकेका छन्। यो जिल्लामा फुङलिङ नगरपालिका, मेरिङदेन, आठराई त्रिवेणी, मैयाखोला, सिरीजंगा, निक्वाखोला, श्रीदिङ्ला, फत्तालुङ र पाथिभरा याङ्वरक गाउँपालिका गरी ९ पालिका छन्।
पाँचथर- यो जिल्लामा ८ पालिका छन्। तीमध्ये फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले वर्गीकरण सकेका छन्।
इलाम – यहाँ ८ पालिका छन्। तीमध्ये इलाम र देउमाई नगरपालिकाले वर्गीकरण सकेका छन्।
सुनसरी- यहाँ १२ पालिका छन्। तीमध्ये धरान उपमहानगरपालिका, हरि नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले वर्गीकरण सकेका छन्।
मोरङ- यहाँ १७ पालिका छन्। तीमध्ये विराटनगर महानगरपालिका, बुढीगंगा, जहदा, ग्रामथान र रंगेली नगरपालिकाले वर्गीकरण सकेका छन्।
संखुवासभा- यहाँका १० पालिकामध्ये खाँदबारी नगरपालिकाले मात्रै वर्गीकरण सकेको छ।
भोजपुर – यहाँ ९ पालिका छन्। तीमध्ये भोजपुर नगरपालिका, रामप्रसाद राई, पौवादुङमा र अरूण गाउँपालिकाले वर्गीकरण सकेका छन्।
सोलुखुम्बु – यहाँका ८ पालिकामध्ये दूधकोशी गाउँपालिकाले मात्रै वर्गीकरण सकेको छ।
उदयपुर- यहाँ ८ पालिका छन्। तीमध्ये त्रियुगा, उदयपुरगढी, कटारी नगरपालिका र ताप्ली गाउँपालिकाले वर्गीकरण सकेका छन्।
मधेस प्रदेशः
धुनषा- यो जिल्लाका १३ पालिकामध्ये जनकपुर उपमहानगरपालिकाले मात्रै वर्गीकरण सकेको छ।
बारा- यहाँ १३ पालिका छन्। तीमध्ये कलैया र कोल्हाबी नगरपालिकाले वर्गीकरण सकेका छन्।
रौतहट- यहाँ १५ पालिका छन्। तीमध्ये गरूडा, गढीमाई, देवाहीगोनाही र माधवनारायण नगरपालिकाले वर्गीकरण सकेका छन्।
बागमती प्रदेशः
दोलखा- यहाँका ९ पालिकामध्ये वैतेश्वर गाउँपालिकाले मात्रै वर्गीकरण सकेको छ।
रामेछाप- यहाँ ८ पालिका छन्। यीमध्ये सुनापति गाउँपालिकाले वर्गीकरण सकेको छ।
सिन्धुली- यहाँ ९ वटा पालिका छन्। सबैले वर्गीकरण सकेका छन्। यहाँ कमलामाई नगरपालिका, दुधौली, गोलन्जर, घ्याङलेख, तीनपाटन, फिक्कल, मरिण, सुनकोसी र हरिहरपुरगढी गाउँपालिका छन्।
चितवन- यहाँ ७ पालिका छन्। तीमध्ये रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाले वर्गीकरण सकेका छन्।
मकवानपुर- यहाँ १० पालिका छन्। तीमध्ये हेटौंडा उपमहानगरपालिका र मनहरि गाउँपालिकाले वर्गीकरण सकेका छन्।
सिन्धुपाल्चोक- यहाँ १२ पालिका छन्। तीमध्ये चौतारा साँगाचोकगढी, मेलम्ची, बाह्रबिसे नगरपालिका र सूर्यगढी, शिवपुरी, इन्द्रावती र बलेफी गाउँपालिकाले वर्गीकरण सकेका छन्।
काठमाडौं- काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरि, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै नगरपालिकाले वर्गीकरण सकिसकेका छन्।
भक्तपुर- भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका गरी चारै वटाले वर्गीकरण सकेका छन्।
ललितपुर- ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, वागमती, महांकाल र कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह सबैले वर्गीकरण सकेका छन्।
गण्डकी प्रदेशः
लमजुङ- यहाँका ८ पालिकामध्ये बेँसीसहर नगरपालिकाले मात्रै वर्गीकरण सकेको छ।
कास्की- यहाँ ५ पालिका छन्। पोखरा महानगरपालिका अन्तर्गतको वडा नम्बर १ देखि ११ सम्मको वर्गीकरण सकिएको जानकारी आएको विभागले बताएको छ। माछापुच्छ्रे गाउँपालिकाले भने वर्गीकरण सकेको छ।
लुम्बिनी प्रदेशः
कपिलवस्तु- यहाँका १० पालिकामध्ये छत्रदेव गाउँपालिकाले मात्रै जग्गा वर्गीकरण सकेको छ।
नवलपरासी- यहाँका १५ पालिकामध्ये सुनवल नगरपालिकाले मात्रै वर्गीकरण सकेको छ।
रूपन्देही- यहाँ १६ पालिका छन्। तीमध्ये बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिकाले र सियारी, ओमसतिया, शुद्धोधन र रोहिणी गाउँपालिकाले वर्गीकरण सकेका छन्। शुद्धोधन गाउँपालिकाले भने अन्य विधामा पनि वर्गीकरण सकेको छ।
दाङ- यहाँ १० पालिका छन्। तीमध्ये तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बंगलाचुली, दंगीशरण, गढवा, शान्तिनगर र बबई गाउँपालिकाले वर्गीकरण सकेका छन्।
बाँके- यहाँका ८ वटै पालिकाले कृषि र गैर कृषि जग्गा छुट्याएका छन्। यहाँ नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नरैनापुर, राप्तीसोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिका छन्।
बर्दिया- यहाँ ८ पालिका छन्। तीमध्ये ठाकुरबाबा र राजापुर नगरपालिकाले वर्गीकरण सकेका छन्।
रूकुम- यहाँका ९ पालिकामध्ये चौरजहारी नगरपालिकाले मात्रै कृषि र गैरकृषि जग्गा छुट्याएको छ।
कैलाली- यहाँ १३ पालिका छन्। तीमध्ये धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका अन्तर्गत वडा नम्बर १, ४, ५, ६ र १२ मा मात्रै कृषि र गैरकृषि जग्गा छुट्टिएको छ। त्यस्तै घोडाघोडी नगरपालिका अन्तर्गतको १ देखि १२ वडासम्मले वर्गीकरण गरेका छन्। अरू वडामा भने बाँकी छ।
कैलालीका भजनी, लम्कीचुहा, टिकापुर नगरपालिका र जोशीपुर र बर्दगोरिया गाउँपालिकामा भने वर्गीकरणको काम सकिएको विभागको तथ्यांक छ।
प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार