आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, माघ २९
नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको भन्दा २ पैसा बढेको हो।​

आइतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा पाइन्छ। शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा खरिद बिक्री भएकाे थियाे । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २३ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६४ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३९ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २७ पैसा तोकेको छ।​

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा ताेकिएकाे छ ।

यसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५० रूपैयाँ ९९ पैसा तोकिएको छ।

प्रकाशित मिति: २९ माघ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्