कति छ आज डलर-युरोको भाउ ?


 


काठमाडौं, माघ २७
नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यस्तै, आज युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४९ पैसा तोकेको छ ।

यता, आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीदर भने ३५ रुपैयाँ २६ पैसा र मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ६६ पैसा छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४७ पैसा र बिक्रीमा १० रुपैयाँ ५२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७८ पैसा र बिक्रीमा १६ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्