टर्की भूकम्प : मृत्यु हुनेको संख्या २० हजार नाघ्यो


 


एजेन्सी, माघ २७
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यसैबीच, संयुक्त राष्ट्रले प्रकोपको पूर्ण सीमा अझै अस्पष्ट भएको चेतावनी दिएको छ ।

दुवै देशमा राहत र उद्धारको काम द्रुत गतिमा भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा पुरिएका मानिस जिउँदो हुने आशा कम हुँदै गएको छ ।

यसैबिच, कडा चिसोले भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि नयाँ चुनौती खडा गरेको छ ।

यहाँ बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव भइरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै खुल्न नसकेको बताएका छन् ।

विशेष गरी विगत केही वर्षदेखि गृहयुद्धको मार झेलिरहेको सिरियामा ।यसैबिच, विश्व स्वास्थ्य सङ्गठनले यदि बाँचेकाहरूलाई खाना, पानी, औषधि र आश्रय जस्ता सहायताहरू ‘तीव्र रूपमा पुर्‍याइएन’ भने, अर्को प्रकोप आउन सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्