रुपन्देहीको देवदहमा बलात्कार आरोपमा शिक्षक पक्राउ


 


रुपन्देही, माघ २६
रुपन्देहीको देवदहमा किसोरीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

देवदह नगरपालिका ७ सितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

किशोरी विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको उजुरी प्रहरीकहाँ परेको थियो।

शिक्षक गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा लगेर १६ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय बुटवलले बतायो ।

जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने त्यसपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीपछि फरार शिक्षकलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्