रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो : गोकुल बाँस्कोटा


 


काठमाडौं, माघ २३
नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका हुन्।

बाँस्कोटाले भनेका छन्, ‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।’

हिजोको पत्रकार सम्मेलनमा रविले नेता बाँस्कोटाको नाम लिएका थिए । नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उनलाई चित्रण गरेका थिए ।

मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।

प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्