रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने, भने – सिधाकुरा नगरेको धेरै भएछ


 


काठमाडौं, माघ २२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सभापति लामिछानेले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै विशेष पत्रकार सम्मेलन गर्ने बताएका हुन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्,’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

उनल सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ ।

बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ । यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन बन्दै आजका लागि सारिएको थियो ।

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

प्रकाशित मिति: २२ माघ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्