आज सुनको मूल्य घट्यो


 


काठमाडाैं । काठमाडौं सुनको मूल्य शुक्रबार तोलामा १४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्