गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं : बाबुराम भट्टराई
काठमाडौं, माघ २०
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलहरूबीच सहमतिको विकल्प नभएको बताएका छन् ।
सत्तागठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने भन्दै सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन् ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं १ यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ । कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं !’
भट्टराईले दलहरूलाई गम्भीर बन्न पनि आग्रह गरेका छन् ।
प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार