बाबुद्वारा १५ वर्षीया छोरी बलात्कृत


 


बागलुङ, माघ ११
बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए।

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्