गण्डकीमा अब ७ मन्त्रालय, सोमबार मन्त्रिपरिषद विस्तारको तयारी
पोखरा, माघ ९
गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको छ । सत्तारुढ गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार सात मन्त्रालय राख्ने निर्णय गरिएको हो ।
केन्द्रको निर्देशन र दलहरुबीच छलफल गरेर २०७४ सालकै मन्त्रालय सङ्ख्या कायम गर्न लागिएको बताइएको छ । अहिले गण्डकीमा १२ मन्त्रालय छन् ।
२०७८ सालमा सरकार तलमाथि भएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ७ मन्त्रालय फुटाएर ११ पु¥याएका थिए । पछि कांग्रेस नेतृत्वमा सरकार बनेपछि मन्त्रालय थपिएर १२ पुगेको थियो ।
नयाँ सरकार आएपछि सबैभन्दा बढी प्राथमिकताका साथ मन्त्रालय घटाउने पहल थालेको हो । मन्त्रालयको सङ्ख्या सात राख्ने सहमति भए पनि नाम भने टुंगो लगाइएको छैन् ।
नाम सोमबार बिहान बस्ने मन्त्रीपरिषद् बैठकले टुंगो लगाउने छ भने सोमबार नै मन्त्रिपरिषद विस्तारको तयारी थालिएको छ ।
प्रकाशित मिति: ९ माघ २०७९, सोमबार