सत्ता गठबन्धन बलियो बनाउन ओलीको आग्रह


 


भक्तपुर, माघ ८
नेपाल कम्यनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले गठबन्धलाई बलियो बनाउन आग्रह गरेका हुन् ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले जसपाका अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै उनले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका थिए ।

उनीहरूबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: ८ माघ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्