सभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता


 


काठमाडौं, माघ ४
संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । सवा चार बजे दर्ता गरिएका उम्मेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

सभामुखको निर्वाचन भोलि हुँदैछ । अहिलेसम्म दलहरूले उम्मेदवार तय गर्न सकेका छैनन् ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्